Logo
Logo

सभामुख-प्रमुख सचेतकको बैठक निष्कर्षबिहीन


693
Shares

काठमाडौं । सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुको बैठक निष्कर्षबिहीन भएको छ ।

सिंहदरबारमा बसेको बैठकमा सचेतहरुले आ–आफ्ना दलका अडान राखेपछि बैठक निष्कर्षबिहीन भएको हो । बैठकपछि कांग्रेस सचेतक सुशीला थिङले अवरुद्ध सदन चलाउने विषयमा छलफल भएपनि दलहरुले आफ्नो अडान कायमै राखेको बताए ।

त्यस्तै सदनमा कांग्रेस सांसद सुनिल शर्माको अभिव्यक्तिलाई रेकर्डबाट हटाउने वा नहटाउने भन्ने बिषयमा पनि मतभेद कायमै रहेको उनले बताए । बैठकमा सभामुख घिमिरेले समितिको नेतृत्व चयन प्रक्रिया बाँकी रहेकाले सदनको अवरोध हटाउनका लागि निरन्तर पहल गर्ने बताएको सचेतक थिङले जानकारी दिए ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्