Logo
Logo

दुई किलो सुनसहित दुईजना पक्राउ


2.4k
Shares

रसुवा । रसुवाको स्याफ्रुबेसीबाट प्रहरीले दुई किलो सुनसहित आइतबार दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का सुदिप शेर्पा र भोटेकोशी–१ घर भएका खुर्साङ्बु शेर्पा रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलबाट कठमाडौंतर्फ आउँदै गरेका शेर्पाले चेस्टगार्डमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको रसुवा प्ररहीका डीएसपी सुवास बुढाथोकीले बताए । उनका अनुसार स्याफ्रुबेसी चेकपोष्टमा चेकजाँच गर्नेक्रममा सुन भेटिएको हो ।

शेर्पाले सुन आफुलाई खुर्साङ्बुले दिएको बताएका थिए । सुपिदको बयानको आधारमा खुर्साङ्बुलाई पक्राउ गरिएको डिएसपी बुढाथोकीले बताए । सुन र आरोपीतलाई राजस्व अनुसन्धान विभाग, हरिहरभवनमा पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्