Logo
Logo

सुन प्रकरण सीआईबीले नै अनुसन्धान गर्छ : गृहमन्त्री


504
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणलाई सीआईबीले नै टुंगोमा पु¥याउने बताएका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा बसेको सर्वदलीय बैठकपछि गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

बैठकपछि संसद अवरोध खुलाउने विषयमा छलफल सकारात्मक भएको समेत बताउँदै गृहमन्त्री श्रेष्ठले भने, ‘संसद्को अवरोध खुलाउने विषयमा सर्वदलीय बैठक भएको छ । छलफल सकारात्मक दिशातिर छ, तर आज प्रमुख प्रतिपक्षी दलको नेता अस्वस्थताका कारण अनुपस्थित हुनुभएकाले ठोस् निष्कर्षमा पुग्न सकिएन ।’ उनले सोमबारसम्ममा सकारात्मक निष्कर्ष आउने दावी गरे ।

यसैक्रममा उनले सुन तस्करी प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको बताउँदै उनले भने, ‘यस प्रकरणमा सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पु¥याउने छ ।’ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा छानविन गर्न उच्चस्तरिय समिति गठन गर्न माग गरिरहेका बेला गृहमन्त्री श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उच्चस्तरिय छानविन समितिको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । आइतबार बसेको सर्वदलीय बैठकमा भने एमालेले आफ्नो अढान नछाड्दा संसद बैठक भदौ ५ गतेसम्म स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्