Logo
Logo

राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक


1.4k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शीतल निवासमा बैठक बोलाइएको राष्ट्रपतिका प्रेस सल्लाहका किरण पोखरेलले जानकारी दिए ।

संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर बरामद भएको ६० केजी सुन प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

आजै यसअघि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिलाई भेटेर संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले संसद्को गतिरोध अन्त्यका लागि सभामुखसहित राखेर पहल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्