Logo
Logo

कोशीका उपसभामुख काठमाडौं लागे, प्रदेशसभाको बैठक अनिश्चित


1k
Shares

काठमाडौं । आज सोमबारका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक छलेर कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौं लागेकी छन् ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा बिरामी बिदा मागेर उनी आज बिहानै काठमाडौं लागेका हुन् ।

कोशीका तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएका कारण उपसभामुख दनुवारले प्रदेशसभाको बैठक सञ्चालन गर्नुपर्ने थियो ।

तर आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाएर उपसभापति दनुवार काठमाडौं लागेकी हुन् । उनी बिहान ७ बजे यति एयरलाइन्सको फ्लाइटबाट आफ्ना सुरक्षाकर्मीसहित काठमाडौं उडेकी हुन् ।

उनले आफु बिरामी भएको भन्दै प्रदेशसभा सचिवालयलाई आफू बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छन् ।
योसँगै मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यक्रम अन्योलमा परेको छ ।

यस्तै मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने भएपछि विपक्षी दलहरू नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजै आफ्ना सांसदहरूलाई बिदामा राखिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्