Logo
Logo

समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणासभा गर्ने


819
Shares

काठमाडौं । चार दल आवद्ध समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणासभा गर्ने भएको छ । आज बिहान बसेको मोर्चाको बैठकले आगामी भदौ ८ देखि प्रदेशस्तरीय घोषणासभा गर्ने निर्णय गरेको हो ।

भदौ ८ गते वीरगन्जमा, १२ गते बुटवलमा र १३ गते धनगढीमा सभा आयोजना गर्ने निर्णय भएको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए । यस्तै १४ गते सुर्खेतमा, १५ गते पोखरामा, २३ गते हेटौंडामा र २५ गते विराटनगरमा सभा आयोजना गरिने छ ।

समाजवादी मोर्चामा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् ।

प्रतिक्रिया दिनुहोस्