Logo
Logo

विश्वकप जितेपछि ओल्गालाई सुनाइयो बुवाको मृत्युको खबर



एजेन्सी । महिला विश्वकपको फाइनलमा आफ्नो देशको जितमा गोल गर्ने स्पेनकी कप्तान ओल्गा कार्मोनाले बुवाको मृत्यु खबर जितपछि मात्रै थाहा पाएकी छन् । उनका बुवाको मृत्यु शुक्रबार नै भए पनि उनलाई त्यसबारे कसैले बताएको थिएन ।

२३ वर्षीया कार्मोनाले फाइनलमा गरेको गोलकै सहारामा स्पेनले इंगल्याण्डलाई हराएर उपाधि जित्यो । गोल गर्दा र उपाधि जित्दा कार्मोनाको अनुहारमा उत्साह झल्किन्थ्यो । किनभने ३ दिनअघि नै आफ्नो पिता परलोक भएको खबरसँग उनी बेखबर थिइन् ।

रियल म्याड्रिडका लेफ्ट–ब्याक रहिसकेका उनका बुवा लामो समयदेखि रोगसँग लडिरहेका थिए र शुक्रबार उनको निधन भएको थियो । ‘मलाई थाहा छ तपाईंले आज राति मलाई हेरिरहनुभएको थियो र तपाईं मप्रति गर्व गर्नुहुन्छ । हजुरलाई शान्ति मिलोस्,’ कार्मोनाले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

कार्मोनाले सन्देशको साथमा आफ्नो पदक चुम्बन गरिरहेको तस्विर राखेकी छिन् । उनले थपेकी छिन्, ‘र, खेल सुरु हुनुअघि मसँग मेरो स्टार थियो । मलाई थाहा छ कि तपाईंले मलाई केही अद्वितीय उपलब्धी हासिल गर्न बल थप्नुभएको छ।’

प्रतिक्रिया दिनुहोस्