Logo
Logo

राष्ट्रपतिले बोलाएको बैठकमा को नेता गए, को गएनन् ?


2.6k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक शातलनिवासमा जारी छ ।

केहि बेरअघिबाट सुरु भएको बैठकमा राष्ट्रपतिसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका रमेश लेखक, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसी पनि सहभागी छन् ।

यस्तै माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार, नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, जनमत पार्टीका अब्दुल खान र जसपाका राजेन्द्र श्रेष्ठ लगायतका नेता सहभागी छन् । नेकपा एस र जसपाका अध्यक्ष भने सहभागी छैनन् । यस्तै स्वतन्त्र सांसद प्रभु साह र अमरेश कुमार सिंह पनि सहभागी छन् ।

नेकपा एमालेले भने राष्ट्रपतिले बोलाएको बैठक बहिस्कार गरेको छ । एमालेबाट कुनैपनि नेता सहभागी छैनन् । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित एमालेले निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्