Logo
Logo

सक्रिय हुन खोजेको होइन, राष्ट्रप्रतिको चिन्ता हो : राष्ट्रपति


567
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफूले कतै सक्रियता देखाउन नखोजेको स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेपछि उनले यस्तो बताएका हुन् ।

‘मैले कतै सक्रियता देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो । विभिन्न कारणले तपाईहरू सबैसँग भेट पनि हुन सकेको थिएन । तपाईहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौँ भन्ने पनि थियो,’ उनले भने ।

संविधानले दिएको अधिकारअनुसार संविधानको संरक्षण, पालना गर्ने उनको भनाई थियो । उनले भने, ‘संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको छ । संविधानमा रहेको यो जिम्मेवारी कसरी पुरा गर्न सकिन्छ भन्नेमा म सधैँ चिन्तित रहेको छु ।’

सो क्रममा उनले संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेकाले बेलैमा सबैले सोच्नुपर्ने धाराणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्