Logo
Logo

माधव नेपालको राजनीतिक प्रतिवेदनमा के छ ?(पूर्णपाठ)


1.2k
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव कुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

काठमाडौंमा आज (मंगलबार) देखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले आफ्नो ४० पृष्ठ लामो प्रतिवेदन पेश गर्दै एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि गर्ने जमर्को गरेका छन् ।

यस्तै अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीतिक परिस्थिति, आजको राजनीतिक परिस्थितिबारे संक्षिप्त टिप्पणी गर्दै प्रतिवेदनमा नेपाली समाजको विशिष्ट अवस्थाबारे पनि चर्चा गरिएको छ ।

यसैगरी पार्टीको सैद्धान्तिक वैचारिक दृष्टिकोण, समाजवादी कार्यक्रम र कार्यदिशाबारे उल्लेख गर्दै नेपालले ७ कारणले आफ्नो पार्टी एमाले भन्दा फरक रहेको र विद्रोहको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् ।

त्यस्तै राजनीतिक प्रतिवेदनमा उनले जनताको बहुदलीय जनवादको औचित्य अझै रहेको भन्दै पार्टीले सो विचार छाड्न नसक्ने जनाएका छन् । जबकि झलनाथ खनाल र घनश्याम भुसाललगायतका नेता जबजको चरण समाप्त भएको बताइरहेका छन् ।

नेकपा एसको केन्द्रीय कमिटी बैठक भदौ ५ देखि ७ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्