Logo
Logo

सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक


315
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । हिजो राति ८ बजे आएको सुख्खा पहिरोका कारण अवरुद्ध बनेको उक्त सडक १७ घण्टपछि आज दिउँसो १ बजेबाट सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय चितवनले जनाएअनुसार पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना ६ मा पर्ने टोपेखोलामा सुख्खा पहिरो खस्दा १७ घण्टासम्म बाटो अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्