Logo
Logo

 महिला टी-२० : हङकङमाथि नेपालको शानदार जित



काठमाडौं । चार देश सम्मिलित महिला टी–२०  क्रिकेट सिरिजमा नेपालले हङकङमाथि सानदार जित निकालेको छ । 

आज (मंगलबार) मलेसियामा भएको खेलमा नेपालले हङकङलाई  ६ विकेटले पराजित गरेको हो । जितको लागि ८५ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेटायो । 

नेपालका लागि सम्झना खड्का ३६ बलमा ५ चौका सहित सर्वाधिक ३६ रन बनाउँदै अविजित रहे । राष्ट्रिय टोलीमा आजै डेब्यु गरेका ओपनर पूजा महतोले १८ बलमा १६ रन जोडे । त्यस्तै इन्दुले  ९ रन, कप्तान रुबिना क्षेत्रीले १०,  सीता राना मगरले २ रन जोडे । 

हङकङका लागि कप्तान क्यारी चान, क्युरा साहार, मरिको हिल र मर्याम बीबीले समान एक विकेट लिए ।

त्यसअघि, वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९ ओभर १ बलमा अलआउट हुँदै ८४ रन बनाएको थियो ।

नेपालका लागि सीताले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्