Logo
Logo

सन्दीप लामिछानेको विकल्प अरु कसैले लिन सक्दैनन् : कप्तान रोहित पौडेल



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एसिया कपमा आफूहरूले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका छन् । 

एसिया कपमा सहभागी हुन पाकिस्तान जानु अघि मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले एसिया कपको नतिजा आफ्नो नियन्त्रणमा नरहेपनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा ध्यान केन्द्रित गर्ने बताएका हुन् । 

भारत र पाकिस्तानसँगको खेललाई विश्वलाई हेर्ने भएकाले आफूहरूले कुनै कमजोरी दोहोराउने उनले बताए । उनले  टिममा सन्दीप लामिछानेको विकल्प अरु कसैले लिन नसक्ने पनि बताए । सन्दीप एसिया कपमा सहभागी हुने पनि उनले विश्वास व्यक्त गरे । 

त्यस्तै राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाइले प्रत्येक खेलमा टिमलाई उत्कृष्ट नतिजा निकाल्न टिमका प्रत्येक सदस्यहरूको भूमिका महत्वपूर्ण रहेको बताए । उनले खेलाडीले पाँच महिना इन्डोर प्राक्टिस गरेको र एउटा मात्र बलिङ मेसिनमार्फत पुरानो बलले अभ्यास गरेको बताए । 

एसिया कप क्रिकेट पाकिस्तान र श्रीलङ्कामा हुँदै छ । नेपाल घरेलु टोली पाकिस्तान र भारतको समूहमा रहेको छ । जसले गर्दा नेपालले पाकिस्तानसँग पाकिस्तानमा र भारतसँग श्रीलङ्कामा खेल्ने छ । 

नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्ताननमा भदौ १३ मा हुनेछ । भारतसँगको खेल श्रीलङ्काको क्यान्डिमा भदौ १८ मा हुने तय भएको छ । 

प्रतिक्रिया दिनुहोस्