Logo
Logo
ललिता निवास प्रकरण

जग्गा फिर्ता गर्ने ६ सहित ४८ जना बनेनन् संगठित अपराधमा प्रतिवादी


8.8k
Shares

काठमाडौं । विभिन्न व्यक्तिका माध्यमबाट बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा किन्ने ६ जनाले फिर्ता गरेका छन् । मुद्दाबाट जोगिन सिपिका खेतान, गोविन्दलाल संघाई, देवान्सी गोयल, नितु गुरुङ, गीता गौतम खनाल र सज्जन कुमार चाचनले जग्गा फिर्ता गरेका हुन् ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सिआइबीले लामो अनुसन्धान गरि सरकारी वकिललाई फाइल बुझाएको हो । जसमा उनीहरूलाई जग्गा फिर्ता गरेका कारण सरकारी लिखत कीर्ते र संगठित अपराधको मुद्दामा प्रतिवादी बनाइएको छैन ।

त्यस्तै ४२ जनालाई पनि प्रतिवादी बनाइएको छैन । उनीहरुले जग्गा फिर्ता गर्न पाउँ भन्दै निवेदन दिएकाले जग्गा जफतको प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको छ । सीआईबीले जग्गा फिर्ता प्रयोजनबाहेक २३८ जनालाई मात्रै सरकारी लिखत कीर्ते र संगठित अपराधमा प्रतिवादी बनाएको छ ।

सीआईबीले यो प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, पूर्वराज्यमन्त्री सञ्जय शाहसहितलाई प्रतिवादी बनाएको छ । पूर्वसचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यात, पूर्वसचिव दिनेशहरि अधिकारी, नारायण गोपाल मलेगु लगायत पनि यसमा प्रतिवादी छन् ।

चार चरणमा गरेर ललितानिवासको १४३ रोपनी जग्गा हडपिएको सीआईबीको निष्कर्ष छ । यसमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनु नपर्ने राय सीआईबीले दिएको छ । उनीहरुलाई साक्षीको कागज गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्