Logo
Logo

महिला टि-ट्वान्टी क्रिकेट : नेपालले आज कुवेतसँग भिड्दै



काठमाडौं । मलेसियामा जारी महिला टि–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले कुवेतसँग खेल्दैछ । चार देश सम्मिलित सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कुवेतको सामना गर्न लागेको हो ।

खेल नेपाली समय अनुसार दिउँसो ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ । यसअघि आफ्नो पहिलो खेलमा नेपालले मंगलबार हङकङलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल विजयी भए फाइनल यात्रा पक्का पक्की जस्तै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्