Logo
Logo
महिला टी-२० क्रिकेट

नेपालको दोस्रो जित, कुवेत ३४ रनले पराजित



काठमाडौं । चार देश सम्मिलित महिला टी–२० क्रिकेटमा नेपालले लगातार दोस्रो खेल पनि जितेको छ । बुधबार भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले हराउँदै लगातार दोस्रो खेल जितेको हो ।

जितका लागि नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रनमा समेटियो । कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ११ तथा खादिजा खलीलले १० रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कुवेतलाई ससतैमा समेट्ने क्रममा इन्दु बर्माले सर्वाधिक ३ विकेट लिए । खुसी डङ्गोलले २ विकेट लिँदा कविता कुँवर, सिता राना मगर र ईश्वरी बिष्टले १र१ विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।

नेपालका लागि र इन्दु बर्माले सर्वाधिक २३ तथा बिन्दु रावलले २० रन जोडे । काजोल श्रेष्ठले अविजित १९ रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्