काठमाडौं । युवा उद्यमी विश्वराज बज्राचार्यले ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । संघको आसन्न ४४औँ साधारणसभा तथा अधिवेशनमा हुने निर्वाचनका लागि संघका वर्तमान संघको वर्तमान वरिष्ठ उपाध्यक्ष बज्राचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

बज्राचार्यले एक कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल वाणिज्य उपाध्यक्षको जिम्मेवारी सफतलापूर्वक निर्वाह गरिसकेका छन् । हाल उनी वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् । बज्राचार्य सोसल ईन्टरप्रेनर (क्यअष्ब िभ्लतचभउचभलभगच) को रुपमा पनि परिचित छन् ।
ब्यवसायिक नेतृत्वविकास र ब्यवसायिक ईमान्दारितालाई आफ्नो मुख्य ऐजेण्डा बनाएर अघि बढनु भएका बज्राचार्यले राज्यब्यवस्थाले कायम गरेका नीति नियम, कानूनी प्रावधानलाई लागू तथा सुधार गर्दै ब्यवसायिक एकतामा जोड दिएका छन् । बज्राचार्यले वर्तमान कार्यसमितिले सुरु गरेका कार्यलाई निरन्तरतादिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
यस्तै, वर्तमान संस्थागत उपाध्यक्ष तथा ललितपुर जिल्लाका प्रसिद्ध ब्यवसायी वीरेन्द्रलाल श्रेष्ठले बज्राचार्यको समूहबाट संघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले एक कार्यकाल कार्यसमितिको संस्थागत सदस्य र संस्थागत उपाध्यक्षको जिम्मेवारीको दोस्रो कार्यकालको जिम्मेवारी वहन गरिरहेका छन् ।
संघको आगामी असोज १९ गते ललितपुरको शंखमुलस्थित यल दरबारमा साधारण सभा र २० गते स्टाफ कलेज, जावलाखेलमा निर्वाचन हुँदैछ ।














