Logo
Logo

वाम एकताकाे वाधक केपी ओली : अध्यक्ष नेपाल


1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाम एकताका लागि केपी ओली बाधक रहेको बताएका छन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम एकताका लागि पहल गरेपनि केपी ओली बाधक बनेको आरोप लगाएका हुन् ।

उनले तत्कालीन नेकपा बिघटन भएपछि पनि आफुले नेकपालाई पुनः व्युँताउने प्रयास गरेपनि सफल हुन नसकेको बताए । त्यस्तै, अध्यक्ष नेपालले केपी ओलीकै कारण आफुहरुलाई सुनतस्करी प्रकरणमा छलफल गर्न सर्वदलीय छलफलमा निषेध गरेको जिकिर गरे ।

राष्ट्रिय मान्यता प्राप्त नगरेको भन्दै पार्टीलाई हेप्ने काम भएको भन्दै अध्यक्ष नेपालले अब पार्टीले केही कदम चाल्ने संकेत गरे । उनले पार्टीलाई बलियो बनाउन र देशभर संगठन बिस्तार गर्न विद्यार्थी संगठनलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्