Logo
Logo

सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा, भोलि पाकिस्तान जाँदै



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पेशी पनि स्थगित भएको छ । न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा ‘हेर्न नभ्याइने’मा राखिएको हो ।

पेशीको सूचीमा पाँचौ नम्बरमा रहेको मुद्दालाई समयको अभाव भएको भन्दै न्यायाधीसले हेर्न नभ्याउनेमा राखेका हुन् । यससँगै सन्दीप सोमबार
एसिया कप क्रिकेट प्रतियोगिताका लागि पाकिस्तान जाने भएका छन् । उनी यस मुद्धाकै कारण रोकिएका थिए ।अरु खेलाडी भने पाकिस्तान पुगिसकेका छन् । आइतबारको पेशी स्थगित गरिएपछि अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ ।

एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ । अर्को पेशीमा उपस्थित हुनुपूर्व उनले यी दुई म्याच खेल्न भ्याउनेछन् । यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्