Logo
Logo

सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनाका १२ लाख विजेता घोषित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनाअन्तर्गत सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाई बम्पर उपहार रु १२ लाखको लक्की ड्र«मा परी मानबहादुर खत्री विजेता घोषित भएका छन् । सिटी एक्सप्रेस कम्प्लेक्स् भवनमा आयोजित कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ब्रान्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस)द्वारा सिस्ट्ममा आधारित लक्की ड्रमार्फत उक्त विजेता घोषणा गरिएको हो ।

यस उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत १०८० जनाले रु २०० को मोबाइल टपअप, साप्ताहिक रुपमा ३६ विजेताले रु १० हजार नगद र तीन जनाले रु. एक लाख नगद प्राप्त गरिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्की ड्रमार्फत विजेता छनोट गरिएको थियो । सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा रु १० हजार तीन जनालाई र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु एक लाख र अन्त्यमा एक जना भाग्यशाली विजेताले रु १२ लाख बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो १२औं वार्षिकोत्सवको उपलक्ष्यका साथै दसैँ, तिहार र छठ्लाई लक्षित गर्दै यस ‘लखपति एक्सप्रेस’ योजनाको आयोजना गरेको थियो । यो योजना असोज १ गतेदेखि मंसिर २९ गतेसम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेसमार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्