Logo
Logo

पाकिस्तान उडे सन्दीप



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान गएका छन् । उनी एसिया कप खेल्न आज सोमबार बिहान पाकिस्तान गएका हुन् ।

उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए। बलात्कार मुद्दा खेपिरहेका लामिछाने आइतबार पेसी भएका कारण टोलीसँगै पाकिस्तान जान पाएका थिएनन् ।

तर हिजो पेसीमा चढे पनि मुद्दाको सुनुवाइ सुरु नभएपछि उनी आज पाकिस्तान प्रस्थान गरेका हुन् । राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य भने भदौ ५ गते नै पाकिस्तान पुगिसकेका छन् । नेपालले पर्सि १३ गते पाकिस्तानसँग र १८ गते भारतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्