Logo
Logo

एकीकृत समाजवादी प्रवासी नेपाली एकता मञ्च युएईमा नयाँ कार्यसमिति



युएई । नेकपा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च युएईको अध्यक्षमा विपिन सापकोटा चयन भएका छन् । मञ्चको आइतबार सम्पन्न दोस्रो अधिवेशनले सापकोटा अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय कमिटी गठन गरेको हो ।

अधिवेशनले युएई राष्ट्रिय कमिटीको उपाध्यक्ष लोकप्रसाद दाहाल, सचिव सन्दिप पौडेल, सहसचिवद्वय जीवनराज आचार्य र अभिषेक रेग्मीलाई सर्वसम्मत चयन गरेको छ । यसैगरी सदस्यहरुमा क्रमशः यादकुमार श्रेष्ठ, कमल सुनार, भुवनराज ढकाल, दुर्गा भण्डारी, पुष्पा साम्बा, बिमल धमाली, सफल न्यौपाने, बिनोदकुमार भुजेल, प्राण तामाङ, नारायण के भट्टराई र पासाङ शेर्पा चयन भएका छन् ।

सन्दिप पौडेलको सञ्चालन तथा विपिन सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशमा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य तथा प्रवास इञ्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यमा भएको थियो । एनआरएनए कतारका निवर्तमान अध्यक्ष महोम्मद मुक्तदा मुसलमान लगायत युएईका बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना दिएका थिए

प्रतिक्रिया दिनुहोस्