Logo
Logo

एसिया कप क्रिकेट : नेपाल र पाकिस्तान भिड्दै


1.4k
Shares

काठमाडौं । आज देखी सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानस्थित मुल्तान स्टेडियममा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट मा सुरु हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहास मै उच्च टोलीसँग प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो ।

पाकिस्तानसँग आज खेल खेल्ने नेपालले भदौं १८ गते भने भारतसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टोली विश्वकप क्रिकेट बिजेता टोली हुन् । सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्