Logo
Logo

एसिया कप : पाकिस्तानविरुद्ध पहिला बलिङ गर्दै नेपाल


819
Shares

काठमाडौं । एसिया कपको उद्धघाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

मुल्तान क्रिकेट रंगशालामा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाललाई बलिङको निम्तो दिएका छन् ।

पाकिस्तानले प्लेइङ ११ हिजो नै सार्वजनिक गरेको थियो । नेपालले पहिलो पटक विश्वको नम्वर वान टोली पाकिस्तानसँग खेल्न लागेको हो । योसँगै नेपाल एसिया कप खेल्ने आठौं टोली बनेको छ ।

एसोसिएटमा युएई, हङकङपछि तेस्रो टोली बन्नेछ । पाकिस्तान ओडिआई वरियता शीर्ष र नेपाल १५ औं स्थानमा छ । पाकिस्तान सन् १९९२ को विश्वकप तथा २००९ को टि२० विश्वकप विजेता टोली हो ।

प्रतिक्रिया दिनुहोस्