Logo
Logo

नेपाललाई पहिलो सफलता, करनले लिए विकेट


882
Shares

काठमाडौं । पाकिस्तानविरुद्ध खेलिरहेको एसिया कपमा नेपाललाई पहिलो सफलतला मिलेको छ । मुल्तान क्रिकेट रंगशालामा भइरहको खेलमा नेपाललाई तीव्र गतिका बलर करण केसीले सफलता दिएका हुन् ।

केसीले पाकिस्तानका ओपनर फखार जमानको विकेट लिएका हुन् । करण केसीको छैटौं ओभरको तेस्रो बलमा एज लागेर जमान विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच आउट भए ।

मुल्तान रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले ५.३ ओभरमा १ विकेट गुमाउँदै २१ रन बनाएको छ । इमाम उल हक ५ र बाबर आजम क्रिजमा आएका छन् ।

आरिफ शेखले पाँचौं ओभरको पाँचौं बलमा इमाम उल हकलाई ब्यक्तिगत पाँच रनमा जीवनदान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्