Logo
Logo
एसिया कप

नेपाललाई तेस्रो सफलता, दीपेन्द्रसिंह ऐरीले लिए विकेट



काठमाडौं । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको नेपालले पाकिस्तानविरुद्ध उत्कृष्ट खेलिरहेको छ ।

पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २३ ओभर ५ बल सकिँदा तीन विकेट गुमाउँदै एक सय १२ रन बनाएको छ ।

नेपालको लागि तेस्रो विकेट दीपेन्द्रसिंह ऐरीले लिए । उनले पाकिस्तानको मोहमत रिजवानको विकेटल लिएका हुन ।

खेलमा नेपालका लागि पहिलो सफलता कप्तान रोहित पौडेलले दिलाएका थिए । उनले पाकिस्तानका इमाम उलहकलाई रन आउट गराएका थिए । इमाम पाँच रन बनाएर पेभिलियन फर्किए ।

त्यस्तैगरी नेपाललाई दोस्रो सफलता भने तीव्र गतिका बलर करण केसीले दिलाए । उनले पाकिस्तानका ओपनर फखार जमानको विकेट लिएका हुन् । करणले खेलको छैटौँ ओभरको तेस्रो बलमा फखारलाई १४ रनमा आउट गराएका हुन् ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेलसहित, कुशल मल्ल, कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने छन् ।

प्रतिक्रिया दिनुहोस्