Logo
Logo

एसिया कप : आरिफ सेख २६ रनमा आउट



काठमाडौं । पाकिस्तानले दिएको तीन सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट पनि गुमाएको छ ।

ब्याटिङमा संघर्ष गरिरहेको अवस्थामा आरिफ सेख ह्यारिस रउफको बलमा बोल्ड भए । उनलाई तिब्रगतिका पाकिस्तानी बलर ह्यारिस रउफले बोल्ड गरे ।

त्यसअघि ३८ बलको सामना गरेका उनले पाँच चौकाको मद्यतमा २६ रन बनाए । सुरुवाती दुई ओभरभित्रै तीन विकेट गुमाएपछि दबाबमा परेको नेपाली इनिङलाई आरिफले सोमपाल कामीसँग मिलेर सम्हाल्ने प्रयास गरेका थिए ।

यी दुईबीच ५९ रनको साझेदारी बनेको थियो । आरिफ आउट भएपछि क्रिजमा गुल्सन झा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्