Logo
Logo

विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित


1.8k
Shares

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालसँग भुटान ३ विकेटले पराजित भएको छ । जितको लागि ४० रनको सामान्य लक्ष्य पाएको नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन् । कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाइन् । अन्य ब्याट्सम्यान चल्न सकेनन ।

भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १–१ विकेट लिए । यसअघि भुटानले ८ विकेटको क्षतिमा ३९ रन बनाएको थियो ।

भुटानका लागि दिचेन वाङ्मोले २१ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानका ४ जना खेलाडी शून्य रनमा आउट भएका थिए । दुई जनाले १–१ रन जोडे भने एक जनाले ३ रन मात्रै बनाए ।

टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले १–१ विकेट लिए । एसिया छनोट खेलमा लगातार तेस्रो जितका साथ नेपाल समूह ए को शीर्षस्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्