Logo
Logo

सिटिजन्स बैंकको बाहौँ साधारणसभा, ५.२ प्रतिशत लाभांश पारित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना सेयरधनीलाई ५.२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको बाह्रौ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३.६ प्रतिशत बोनस शेयर र १.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

संचालक समितिका अध्यक्ष डा.शंकर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले आर्थिक बर्ष.२०७४/७५ को संचालक समितिको वार्षिक प्रतिवेदनमा छलफल गरी उक्त प्रतिवेदन पारित गरेको छ ।
साधारणसभाले बैंक र सहायक कम्पनी सिविआईएल क्यापिटल लिमिटेड समेतको लेखा परीक्षकको प्रतिवेदनसहित २०७५आषाढ मसान्तको वासलात, आव २०७४/०७५ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।
हाल बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्