Logo
Logo

‘किन लेखिँदैन अभिनेताको स्टोरी ?’


- एमपी सुब्बा


  • एमपी सुब्बा

नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीहरुको भन्दा अभिनेताको दबदबा छ । फिल्म तिनै अभिनेताको नामले बिक्छ । तर, यहाँ तिनै अभिनेताहरुको स्टोरी लेखिँदैन । मिडियामा उनीहरुलाई ओझेलमा राखिन्छ । फिल्म क्षेत्रमा नयाँ अभिनेत्रीको ‘इन्ट्रि’ हुनेवित्तिकै पोस्टरशैलीमा तस्बिर छाप्ने पत्रिकाहरुले समेत अभिनेताहरुको संघर्षको कथा लेखिँदैन, न त उनीहरुको ‘गसिप’ नै लेखिन्छ ।

सन्दर्भ अभिनेता सविन श्रेष्ठको हो, जो माथि उल्लेखित कथासँग नजिक छन् । सविनले दुई दर्जनभन्दा बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । ती अधिकांश फिल्म हिट पनि छन् । तर, विडम्बना उनै अभिनेता सविनको स्टोरी पत्रपत्रिकामा कमैमात्र देख्न र पढ्न पाइन्छ । तर, उनीभन्दा पछि आएका अभिनेत्री, जसलाई ‘स्क्याण्डल’का रुपमा रातरात हिट बनाइन्छ । त्यसरी मिडियामा जबरजस्त हिट बनाइएका अभिनेत्रीहरुलाई भने तिनै ओझेलमा राखिएका अभिनेताहरुले ‘लिफ्ट’ दिइरहेका छन् । नेपाली फिल्म क्षेत्रको यो यर्थाततासँग अभिनेता सविन पनि जानकार छन् । र, उनी प्रश्न गर्छन्, ‘किन लेखिँदै अभिनेता र निर्देशको स्टोरी ?’

नेपाली मिडियामा हिरोहरुको स्टोरी लेखिँदैन । सविनले लगातार दुई दर्जनभन्दा बढी हिट फिल्म दिए, तर हिरोइनको जस्तो ठूला–ठूला पम्प्लेट साइजको फोटो पत्रिकामा आएन । तर, ‘काम गर्नेहरुलाई प्रचारको आवश्यकता हु“दैन’ भन्ने मान्यतालाई शिरोधार्य गर्दै अगाडि बढेका अभिनेता सविन भन्छन्, ‘प्रचार नै ठूलो कुरा होइन, सबैभन्दा ठूलो कुरा काम र दर्शक हुन् । दर्शकबाट माया पाएरै यहाँसम्म आइपुगेको छु ।’

लगातार हिट फिल्म

एक किसिमले भन्ने हो भने सविन नेपाली फिल्म क्षेत्रको ‘भाग्यमानी अभिनेता’ हुन् । तर, मिडियामा भने उनी सधैँ पछाडि छन् । फिल्ममा डेब्यू गरेसँगै उनलाई कहिल्यै फिल्मको खा“चो भएन । यसरी नै सविनले फिल्म क्षेत्रमा एक दशकभन्दा बढी कटाइसकेका छन् । रेखा फिल्मसको ब्यानरमा निर्मित फिल्म ‘अन्दाज’बाट अभिनयमा डेब्यू गरेका सविन भन्छन्, ‘जब अन्दाजमा अभिनय गरेँ, त्यसपछि मलाई फिल्मको कहिल्यै खाँचो भएन । अहिले पनि फिल्ममै व्यस्त छु ।’

पहिलो फिल्म नै ‘हिट’ भएपछि उनी आफैले अन्दाज गरेभन्दा बढी व्यस्त भए । त्यो समयमा फर्कँदै सविन भन्छन्, ‘सुरुमै रेखा थापाको प्रोजेक्टमा काम गर्ने अवसर पाए“, त्यो नै मेरो लागि ठूलो कुरा हो ।’ सविनले हालसम्म दुई दर्जनभन्दा बढी फिल्म गरिरसकेका छन् । उनले रेखा फिल्मसकै लगातार तीन फिल्ममा काम गर्ने अवसर पाए भने निर्माता छविराज ओझाको ब्यानरमा पनि उनले काम गर्ने अवसर पाए । एक समय रेखा फिल्मस् र छविराजको ब्यानरमा काम गर्न पाउँदा आफूलाई ‘अहोभाग्य’ ठान्थे । अभिनेता सविन पनि आफूलाई ‘भाग्यमानी’ नै ठान्छन् । ‘यति अरु ब्यानरबाट डेब्यू गरेको भए फिल्म क्षेत्रबाटै हराइसक्थेँ होला’ सविन भन्छन्, ‘तर, सुरुआत नै बिग ब्यानरबाट भयो, त्यसैले अहिलेसम्म टिकिरहेको छु ।’

सविनको फिल्मीयात्रा

पछिल्लो समय आफ्नै प्रोजेक्टमा फिल्म गर्ने तयारी गरिरहेका सविनको फिल्मयात्रा भने टेलिफिल्म र म्युजिक भिडियोबाट सुरु भएको हो । जतिबेला उनी टेलिफिल्म र म्युजिक भिडियोमा ब्यस्त थिए, त्योबेला टेलिफिल्मको राम्रो ‘क्रेज’ थियो । यो सन् २००२ तिरको कुरा हो । त्यो समयमा अहिलेजस्तो यु–ट्युब र फेसबुकको जमानासमेत आइसकेका थिएन । त्यसैले मनोरञ्जनको माध्यय भनेकै फिल्म र टेलिफिल्म थियो ।

यस्तो अवस्थामा ‘घरबेटी बा’, ‘क्याटमाण्डु’, ‘कलेज’जस्ता टेलिफिल्मबाट चर्चा कमाइरहेका बेला उनी रेखा फिल्मस्को नजरमा परेका थिए । फिल्ममा आफ्नो डेब्यूबारे अभिनेता सविन भन्छन्, ‘म फिल्ममा आउनुअघि टेलिफिल्म र म्युजिक भिडियोमा व्यस्त थिएँ, त्यतिखेरै रेखा फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्म ‘अन्दाज’का लागि तारगेटमा परेको रहेछु । त्यसपछि फिल्ममा काम गर्ने निर्णय गरेँ । आज त्यही दिनको निर्णयले यहाँसम्म पुगेको छु ।’

फिल्म ‘अन्दाज’मा हिट पनि भयो । उक्त फिल्म हिट भएस“गै सविन व्यस्त अभिनेतामा गनिन थाले । ‘अन्दाज’पछि ‘रावण’, ‘हमेशा’ ‘रामप्यारी’, ‘हवल्दार सुन्तली’जस्ता हिट फिल्म दिएका सविन भन्छन्, ‘मैले रेखास“गै छविराज पोडक्शनको फिल्म गर“े, ती फिल्मबाट राम्रो रेस्पोन्स पाए“ ।’

एक्शन हिरोको पहिचान

अभिनेता सविन हेर्दा चक्लेटी भएपनि ‘एक्शन हिरो’का रुपमा चिनिन्छन् । उनी अभिनित अधिकांश फिल्म एक्शन जनराकै छ । उनी आफैपनि आफूलाई एक्शन भूमिकामै सुहाउने बताउ“छन् । टेलिफिल्म र म्युजिक भिडियोहरुमा अभिनय तथा मोडलिङ गरेर ग्ल्यामरस क्षेत्रमा चिनिएपछि फिचर फिल्ममा उदाएका कारण दर्शकलाई सविन ‘चक्लेटी हिरो’ सम्झिन्छन् । तर, उनका फिल्म हेर्ने दर्शकले भने सविनलाई ‘एक्शन हिरो’ नै मान्छन् । उनले लगातार फिल्म पाउनुको कारण पनि यही हो, जबकि उनले अभिनय गरेका अधिकांश एक्शन फिल्म दर्शकले रुचाए । र, त्यो बेला नेपाली फिल्मको टे«ण्ड पनि एक्शन जनरामै थियो ।

हुन त नेपाली फिल्मको ट्रेण्ड के हो ? र, कतिखेर टे«ण्ड चेञ्ज हुन्छ भन्ने थाहै हुँदैन । तैपनि सविनले नेपाली फिल्ममा एकपछि अर्को हिट फिल्म दिइरहेका बेला नेपाली फिल्म क्षेत्रका एक्शन अभिनेता भनिएर चिनिएका विराज भट्टले हराउँदै थिए । त्यसैले कतिपयले सविनलाई विराजको त्यसैले कतिपयले सविनलाई विराजको ‘रिप्लेस’समेत भन्न भ्याए । तर, वास्तवमा उनी रिप्लेस थिएनन् किनकि, सविनको फिल्मी करिअरको सुरुवात नै यस्तो थियो, त्योबेला नेपाली फिल्म क्षेत्रमा नयाँ हिरोको आवश्यकता खट्किएको थियो ।

नेपाली मिडियामा हिरोहरुको स्टोरी लेखि“दैन । सविनले लगातार दुई दर्जनभन्दा बढी हिट फिल्म दिए, तर हिरोइनको जस्तो ठूला–ठूला पम्प्लेट साइजको फोटो पत्रिकामा आएन । तर, ‘काम गर्नेहरुलाई प्रचारको आवश्यकता हु“दैन’ भन्ने मान्यतालाई शिरोधार्य गर्दै अगाडि बढेका अभिनेता सविन भन्छन्, ‘प्रचार नै ठूलो कुरा होइन, सबैभन्दा ठूलो कुरा काम र दर्शक हुन् । दर्शकबाट माया पाएरै यहाँसम्म आइपुगेको छु ।’

‘फुलटाइमर’ फिल्मकर्मी

काठमाडौं डल्लूका स्थानीय अभिनेता सविनले तीन दर्जनभन्दा बढी त म्युजिक भिडियोमै मोडलिङ गरेका छन् । उनी म्युजिक भिडियोमा रुचाइएका मोडलमध्ये एक हुन् । तर, पछिल्लो समय फिल्ममा व्यस्त भएका कारण कम मात्र भिडियो गर्न पाएको सविनले बताए ।

यहा“सम्म आइपुग्दा उनी आफ्नो पेशाबाट सुन्तुष्ट छन् । आफूलाई ‘फुलटाइमर फिल्मकर्मी’ भन्न रुचाउँने सविन भन्छन्, ‘दर्शकको माया र साथ पाइरहेको छु, यसैमा सन्तुष्टि छु ।’ नेपाली फिल्म क्षेत्रमा पु¥याएको योगदान अनुरुप विभिन्न अवार्ड र सम्मानहरु पनि उनले पाएका छन् । उनले नेफ्टा फिल्म अवार्ड, एलजी डि–सिने अवार्ड, बक्स अफिस फिल्म अवार्डजस्ता अवार्ड र सम्मानहरु पाइसकेका छन् ।’

प्रतिक्रिया दिनुहोस्