Logo
Logo

कांग्रेसमा देउवाको विकल्प को ?


- दीपेश केसी


  • दीपेश केसी

नेपाली कांग्रेसभित्र अबको १३ महिनापछि महाधिवेशन हुनेछ । २०७७ साल फागुन ७ मा हुने महाधिवेशनमा आफ्नो जीत सुनिश्चित गर्न वर्तमान सभापति शेरबहादुर देउवाले अर्को पक्षका प्रभावशाली नेताहरुलाई आफ्नो पक्षमा पार्ने रणनीति अनुरुप सक्रियता देखाइसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, कोइराला परिवार, कृष्ण प्रसाद सिटौला र प्रकाशमान सिंह एक भएमा देउवा पराजित हुने अवस्था बन्नेछ । यसकै लेखाजोखा गरी देउवाले आफ्ना विरोधीहरुमा विभाजन ल्याउने र आफ्नो पक्षमा पार्ने भित्री अभियान चलाएका छन् ।

कांग्रेस सभापति जतिपटक सभापति र प्रधानमन्त्री भए पनि देउवाले कांग्रेसका विगतमा बनेका सभापतिहरुको जस्तो उचाई बनाउन सकेका छैनन् । वीपी कोइरालाको देशभित्र मात्र नभई बाहिर पनि राजनीतिक बजन देखिएको थियो । कृष्णप्रसाद भट्टराईको विशिष्ट पहिचान रह्यो । गिरिजाप्रसाद कोइराला राजनीतिमा सधै छाइरहे । उनको रणनीतिमा देश लामो समय चलिरह्यो । संविधान जारी गर्दा सभापति रहेका सुशील कोइरालाले पनि बलियो पहिचान बनाए । तर, देउवाले राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान र प्रभाव बनाउने कुनै महत्वपूर्ण योगदान गरेका छैनन् । उनी जहिले पदमा पुगे पनि विवादमा परेकै छन् । यतिसम्मकी कांग्रेसभित्र उनीमाथि राजालाई सत्ता बुझाएको आरोप लागेको थियो । पछिल्लो पटक प्रधानमन्त्री बन्दा पनि उनी विवादमुक्त भएनन् । आइजीपी प्रकरण, प्रधानन्यायाधीशमाथि महाअभियोग प्रकरणदेखि प्रचण्डको रणनीतिमा प्रयोग भएको आरोपहरु आए । अहिलेपनि देउवाको नेतृत्वमा कांग्रेस रहँदा देश प्रतिपक्षीविहीनजस्तै रहेको टिप्पणी भइरहेका छन् ।

कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले देउवाको पछिल्लो गतिविधि आफूहरुको पक्षमा मान्छे चोर्ने नियतले भइरहेको सार्वजनिक टिप्पणी गरिसकेका छन् । कोइरालाले भनेका छन्, २८ बाट ४७ विभाग गठन पार्टीलाई आफ्नो कब्जामा ल्याउने देउवाको रणनीति मात्रै हो । देउवा पक्षइतरका नेताहरु एक भएमा चुनाव जित्नसक्ने सशांक कोइरालाको दाबी छ । यसमा धेरै सत्यता पनि छ । गत महाधिवेशनको अंकगणितलाई हेर्दा पनि त्यो पुष्टि हुन्छ । यसकारण पनि कांग्रेसभित्र अब देउवा पक्ष अर्को पक्षलाई कुनै हालतमा एक हुन नदिने गरी सक्रिय भइसकेको छ । तल्लो इकाईदेखि प्रतिनिधि चयन प्रक्रिया अगाडि बढ्नु अघि नै कांग्रेसभित्र गुटको तौल मापन शुरु हुँदैछ । गुट परिवर्तनको रणनीतिक चलखेल भइसकेको छ । जसको उदाहरण पछिल्लो समय पौडेल पक्षका केही नेताहरु देउवा क्याम्पमा गएको विषय हो । पौडेल पक्षले केन्द्रीय कमिटी बैठक बहिष्कार गरिरहँदा केही नेताहरु बैठकमा सहभागी भए । उनीहरुमध्ये कतिपयले कुनै गुटको नभएको दाबी गरेका छन् ।

कांग्रेस सभापति जतिपटक सभापति र प्रधानमन्त्री भए पनि देउवाले कांग्रेसका विगतमा बनेका सभापतिहरुको जस्तो उचाई बनाउन सकेका छैनन् । वीपी कोइरालाको देशभित्र मात्र नभई बाहिर पनि राजनीतिक बजन देखिएको थियो । कृष्णप्रसाद भट्टराईको विशिष्ट पहिचान रह्यो । गिरिजाप्रसाद कोइराला राजनीतिमा सधै छाइरहे । उनको रणनीतिमा देश लामो समय चलिरह्यो । संविधान जारी गर्दा सभापति रहेका सुशील कोइरालाले पनि बलियो पहिचान बनाए । तर, देउवाले राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान र प्रभाव बनाउने कुनै महत्वपूर्ण योगदान गरेका छैनन् । उनी जहिले पदमा पुगे पनि विवादमा परेकै छन् । यतिसम्मकी कांग्रेसभित्र उनीमाथि राजालाई सत्ता बुझाएको आरोप लागेको थियो । पछिल्लो पटक प्रधानमन्त्री बन्दा पनि उनी विवादमुक्त भएनन् । आइजीपी प्रकरण, प्रधानन्यायाधीशमाथि महाअभियोग प्रकरणदेखि प्रचण्डको रणनीतिमा प्रयोग भएको आरोपहरु आए । अहिलेपनि देउवाको नेतृत्वमा कांग्रेस रहँदा देश प्रतिपक्षीविहीनजस्तै रहेको टिप्पणी भइरहेका छन् । देउवाको विगत र वर्तमानको यीनै कमजोर पाटोहरुलाई केलाएर उनलाई आगामी महाधिवेशनबाट कुनै हालतमा सभापति बन्न नदिने कसरत भइरहेको छ । डा. सशांक कोइरालाले आफूहरुको गुट मिलेर एउटा मात्र उम्मेदवारी दिएमा देउवा कुनै हालतमा सभापति बन्न नसक्ने ठोकुवा गरेका छन् ।

इतिहासमै कमजोर

कांग्रेस इतिहासमै सबैभन्दा कमजोर अवस्थामा रहेको पछिल्लो अवस्थाले पुष्टि गरिसकेको छ । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले म स्वयंलाई कांग्रेसलाई मत दिन हात काप्छ भने जनताले कसरी मत दिन्छन् ? यो कुरा त्यसै भनेकी होइनन् । उनको आत्मा बोलेको हो । जनतामा कांग्रेस अलोकप्रीय छ । कांग्रेस आफ्नो भूमिका राम्रो बनाएर भन्दा नेपाल कम्युनिष्ट पार्टीको अलोकप्रीय कामबाट लाभ लिने ढुकुवा प्रवृत्तिको भएको छ । सभापति देउवासँग सत्तापक्षलाई कडा चुनौती दिने साहस र रणनीति देखिएको छैन । यसकारण पनि कोइराला परिवारका सदस्य कांग्रेसलाई जोगाउन सभापति परिवर्तन चाहिरहेका छन् । सुजाता कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिका लागि विकल्प देखिरहेकी छैनन् । उनले भनेकी छिन्, फेरि शेरबहादुरजी र रामचन्द्रजी चुनाव लड्नुभयो भने त्यो भन्दा हाँस्यास्पद अरु के होला ? उनी कुनै हालतमा नयाँ मान्छे आउनुपर्ने पक्षमा छिन् । कोइराला परिवारको चाहना पनि त्यही देखिन्छ । सभापतिका लागि कोइराला परिवारबाट मुख्य दाबेदार डा. सशांक कोइराला र डा. शेखर कोइराला देखिएका छन् । सुजाता उनीहरुमध्ये एकलाई सहमतिमा ल्याउन विगत देखि नै लागेकी छिन् । तर, कोइराला परिवार एकजुट हुँदैमा देउवालाई हराउन पर्याप्त शक्ति पुग्दैन ।

कोइराला परिवारको दाबी

कोइराला परिवारको एकजना सदस्यलाई सभापतिको उम्मेदवार बनाउन स्वयं वरिष्ठ नेता रामचन्द्र पौडेल सहमत हुनेमा शंका छ । पौडेल आफू पाको र वरिष्ठ भएकाले आफै सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । तर, देउवासँग यसअघि चुनाव हारिसकेकाले पौडेललाई पछि हट्न दबाब बढिरहेको छ । कृष्णप्रसाद सिटौला पनि सभापतिको उम्मेदवार भइसके । उनी अरु कुनै नाममा सहमत हुनेमा आशंका छ । प्रकाशमान सिंहको पनि आफ्नै प्रभाव छ । महामन्त्री भइसकेका सिंह पनि सभापतिका दाबेदार हुन् । यसरी देउवाइतरका पक्षमा सभापतिका लागि अझै छ जना दाबेदार छन् । यी छ जनाबीच सहमति गरेर एकजना सभापतिको उम्मेदवार बन्न सजिलो छैन । डा. सशांक कोइरालाको चाहना सबैबीच सहमति बनाएर आफू सभापतिको उम्मेदवार बन्ने देखिएको छ । कांग्रेसका संस्थापक वीपी कोइरालाको पुत्र हुनु र विवादमा पनि नपरेकाले उनी मुख्य दाबेदार बनेर प्रस्तुत भइरहेका छन् । महामन्त्री निर्वाचित भइसकेपछि उनले लामो समय देउवालाई खासै चुनौती दिएनन् तर पछिल्लो समय उनी प्रमुख चुनौती बनेर आइरहेका छन् । यसबाट पनि उनले आफूलाई भावी सभापतिको दाबेदारका रुपमा प्रस्तुत गरिरहेको संकेत मिल्छ । तर, आफ्नै पक्षबाट पूर्ण समर्थन मिल्न कोइरालालाई कठिन छ । यसबाहेक देउवाइतरको समूहमा समेत महाधिवेशनमा जाँदा पद बाँडफाँड र सभापतिको उम्मेदवार को बन्ने भन्ने विषयले विवाद चर्किन सक्छ । विगतमा पनि त्यस्तो नभएको होइन । रामचन्द्र पौडेललाई अस्वीकार गरेर कृष्णप्रसाद सिटोला बिच्किएका थिए । जसका कारण देउवाको जीत सुनिश्चित भयो । विगत केलाउँदा देउवाइतरको पक्षमा समेत पदका लागि द्धन्द्ध चर्कनसक्ने सम्भावना उत्तिकै छ ।

डा. सशांक कोइरालाले भनेजस्तै देउवालाई सभापति बन्न नदिने हो भनी देउवाइतरको समूहको एकता अनिवार्य छ । देउवा लोकप्रीय नभएपनि उनको कांग्रेसमा पकड बलियो छ । एक कार्यकाल सभापति भइसकेकाले पार्टीमा वर्चश्व बनाइसकेका छन् । अझै पार्टी कब्जा गर्ने रणनीति बमोजिम काम गरिरहेको आरोप खेपिरहेका छन् जुन सत्य पनि हो । यस अवस्थामा देउवालाई हराउने परिस्थिति निर्माण गर्न उनीविरोधी पक्षलाई सजिलो छैन । पौडेल, कोइराला परिवार, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला एक ठाउँमा आउने वातावरण बन्न सजिलो छैन । उनीहरु एक भएभने पनि देउवाले उनीहरुनिकटस्थलाई आफ्नो पक्षमा पार्ने रणनीति बनाइसकेका छन् । डा. सशांक कोइरालाले भनेजस्तै आफ्ना मान्छे चोर्ने दाउ भइसकेको छ । यसले अबको कांग्रेसको राजनीतिमा एक पक्षीय र दुई पक्षीय विवादमा सिमिति हुनेछैन । गुट र उपगुटको विवाद चुलिने माहोल सृजना भइसकेको छ । महाधिवेशनको आन्तरिक तयारी सबैले गर्न थालिसकेका छन् । कांग्रेसभित्र देउवा कायमै रहने या देउवालाई हटाउने रणनीतिहरुले द्धन्द्ध चुलिएको छ । यसले देशको राजनीतिमा समेत प्रभाव पर्नसक्ने देखिन्छ ।

शेरबहादुरजीबाट पार्टी चल्दैन डा. सशांक कोइराला

शेरबहादुरजीले महाधिवेशनको मिति तोक्नुभन्दा पहिले परामर्श गर्नुपथ्र्यो । समयमै महाधिवेशन होस् भन्ने त हाम्रो पनि चाहना छ । तर, उहाँले एकलौटी गर्न खोज्नुभएको छ, त्यो दुर्भाग्य हो । कुरै सुन्नु हुन्न । यसरी त पार्टी चल्दैन नि ? शेरबहादुरजी एलौटी ढंगले अगाडि जान चाहनुहुन्छ । हाम्रो विमति त यतिमात्रै हो, महाधिवेशनको मिति तोक्दा उहाँले हामीसँग परामर्श किन गर्नुभएन ? हामी सबै मिलेर त्यही मिति तय गरेको भए के बिग्रिन्थ्यो र ? शेरबहादुरजीले किन सहमति गर्न चाहनुभएन ? त्यसैमा शंका उत्पन्न हुन्छ । अब महाधिवेशनको निर्णय उहाँले सच्याउनु नै भएन भने हाम्रो के विकल्प रहन्छ र ? महाधिवेशनमा त जानैपर्छ ।

‘अब शेरबहादुरजीबाट पार्टी चल्दैन पार्टी जोगाउन हामी एक ठाउँमा उभिनुपर्छ ।’ हाम्रो गुटबाट एकजना मात्रै क्यान्डिनेट दियौं भने त शेरबहादुरजी हार्नुहुन्छ । एउटै मात्र उम्मेदवारी दिने गम्भीर विषय छ, यसमा हामी एक हुनुहुपर्छ । यति पनि बुझ्दैनन् नेताहरुले भने पार्टीभित्र गम्भीर खतरा उत्पन्न हुन्छ ।

कांग्रेसमा शेरबहादुरजीसँग मात्रै पकड छ ? हामीसँग पनि पकड छ । २८ बाट ४७ विभाग बनाउनुभयो । त्यो पनि सहमतिमा आउन सक्थ्यो । अहिले विभाग किन बनाउनुभयो ? यी सबै बहाना पार्टीलाई आफ्नो कब्जामा ल्याउने रणनीति मात्रै हो । पहिलो ६ महिनाभित्रै उहाँले विभागहरु गठन गर्नुपथ्र्यो । यत्रो चार वर्ष किन गर्नुभएन, अन्त्यमा आएर फेरि किन गठन गर्नुभयो ? अहिले विभाग बनाएर पार्टीलाई के उपलब्धि ? विभाग बनाउनुको कारण खाली मान्छे चोर्नलाई मात्रै हो । हाम्रोतर्पmको मान्छे पनि चोरेर उहाँले बनाइदिनुहुन्छ । उहाँ पार्टी कब्जाको रणनीतिमा हुनुहुन्छ । त्यो हामी सफल हुन दिन्नौँ ।

अब महाधिवेशन आउन १३ महिना बाँकी छ । त्यो समयमा हामी गाउँगाउँमा गएर माहोल सिर्जना गर्छौं । हाम्रो गुटमा सबैको एउटै धारणा के छ भने, ‘अब शेरबहादुरजीबाट पार्टी चल्दैन पार्टी जोगाउन हामी एक ठाउँमा उभिनुपर्छ ।’ हाम्रो गुटबाट एकजना मात्रै क्यान्डिनेट दियौं भने त शेरबहादुरजी हार्नुहुन्छ । एउटै मात्र उम्मेदवारी दिने गम्भीर विषय छ, यसमा हामी एक हुनुहुपर्छ । यति पनि बुझ्दैनन् नेताहरुले भने पार्टीभित्र गम्भीर खतरा उत्पन्न हुन्छ । कांग्रेसलाई एक बनाउने सबैभन्दा ठूलो भूमिका सभापतिको हुन्छ । त्यसैले सभापति नै परिवर्तन गरेर पार्टी एक बनाउनुपर्छ । शेरबहादुरजीको नेतृत्व भएसम्म कांग्रेस एक हुँदैन ।

अहिले सदनमा हाम्रो स्वर कमजोर छ, त्यसलाई बलियो बनाउन देशभरबाट जिताएर ल्याउनुप¥यो । त्यसको लागि सभापति परिवर्तन गरेर बलियो बनाउनुप¥यो । सभापति परिवर्तन नहुँदासम्म न हामीमा एकता हुन्छ, न उभो लाग्छौं । शेरबहादुरजी असफल हुनुभयो । उहाँ एउटा गुटमा मात्रै सभापति हुनुभयो, सम्पूर्ण कांग्रेसको सभापति हुनुप¥यो । महाधिवेशनपछि पनि कांग्रेस एक जुट भएर हिड्नु्प¥यो । त्यो भएको खण्डमा हाम्रो बहुमत पनि आउँछ, सरकार पनि बन्छ ।

प्रतिक्रिया दिनुहोस्