Logo
Logo

सशस्त्रमा डिआईजी बढुवाको तयारी, नेपाल प्रहरीमा अन्योल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस ।
सशस्त्र प्रहरी बलमा रिक्त डिआईजीका दरबन्दीमा बढुवा प्रक्रिया सुरु भएको छ । ६ पद रिक्त रहेकोमा गृहमन्त्रालयको बढुवा समितिले आईतबार रिक्त ६ पदका लागी सुचना प्रकाशित गरेको हो ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलद्धारा हस्तारित सुचनामा आफुले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाण पत्रको प्रतिलिपिहरु संलग्न गरी मुल्यांकन फारम भरी ७ दिनभित्र पेश गर्न उल्लेख गरिएको छ । सशस्त्र प्रहरी बलका डीआईजीहरु सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे, अरविन्द धिताल, रामप्रकाश श्रेष्ठ, वसन्त बानियां र राजुराम सुवालले अवकास पाएपछि बढुवा प्रक्रिया सुरु भएको हो । जसमध्ये तीन जनाले डिआईजीको पाँच वर्षे पदावधिका कारण अवकाश पाएका हुन् ।
बढुवाका लागि सशस्त्र प्रहरीमा दौडधुप सुरु भइसकेको छ ।
रिक्त ६ दरबन्दीमा बढुवाका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत, केबी ब्रम्हाचार्य, हरिशचन्द्र अधिकारी, किशोर प्रधान, गणेश ठाडा मगर, वंशिराज दाहाल, अभिकुमार खत्री लगायत दौडधुपमा छन् । उता नेपाल प्रहरीमा भने बढुवाो सुरसार छैन । प्रहरीमा पनि डिआईजीसम्मका दर्जनौं सिनियर पदहरु रिक्त छन् ।

प्रतिक्रिया दिनुहोस्