Logo
Logo

रञ्जु दर्शनाको बारेमा गलत समाचार लेख्ने सम्पादक पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ माघ ।
विवेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्र र विवेकशील नेपालीकी नेतृ रञ्जु दर्शनाको चरित्रहत्या हुने किमिसको झुटा समाचार लेखेको आरोपमा एक अनलाइन सम्पादक पक्राउ परेका छन् । क्यापिटलडेटलाइन डटकमका सम्पादक रहेका सुमन अधिकारीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।


गोरखाको गण्डकी गाउँपालिका स्थायी घर भएका उनलाई नयाँबजारबाट प्रहरीले पक्राउ गरेको हो ।
सोही आरोपमा नेपालटक नामक अनलाइनका सञ्चालक श्याम रोकलाई प्रहरीले केही दिनअघि पक्राउ परेको थियो । गलत समाचार सम्प्रेषण गरेर चरिहत्या गरेको भन्दै दर्शनाले केही दिनअघि उजुरी गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्