Logo
Logo

भिषा नीति परिवर्तनसँगै कोरियामा लाखौँ विदेशी प्रभावित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ । दक्षिण कोरियाले सन् २०२० को सुरुवातसँगै लागू गरेको नयाँ भिसा नीतिका कारण आप्रवासीहरुप्र भावित भएका छन् ।
हालै लागू गरिएको नयाँ भिसा नीतिका कारण एफ २/७ भिसाका आवेदक, एफ २/७ भिसा वाहक, नविकरण गर्ने वालाहरु प्रभावित बनेका हुन् । एफ २/७ भिसा प्राय डी तथा ई–स्तरका मजदुरलाई बसोबास प्रयोजनका निम्ति दिइने भिसा हो । यो भिसा कोरियन आप्रवासी तथा पुनर्मिलन कार्यक्रमले विभिन्न कार्यका आधारमा अंक निर्धारण गराई न्युनतम ८० अंक बाट १२५ अंक ल्याउने ब्यक्तिहरुलाई प्रदान गर्ने गर्दछ । तर, हाल भिसा नविकरण गर्न पनि ८० अंक ल्याउँनै पर्ने भएको छ ।
साथै, आप्रवासीहरुको आम्दानी पनि मापदण्डअनुरुप हुनुपर्ने नयाँ भिसा नीतिमा उल्लेख गरिएको छ । अब कोरियामा स्थायीरुपमा बसोबास गर्न चाहानेहरुको न्युनतम आमदानी कोरियाको कुल गाह्रस्थ उत्पादनसँग बराबरी अथवा त्योभन्दा बढी हुनपर्ने छ ।
आप्रवासी विशेषज्ञ जाङ मान इकका अनुसार यो भिसा नीति हचुवाका भरमा र हतारमा ल्याइएका कारण अपरिपक्व छ । अक्टोबरमा सुचना जारी गरि जनवरीबाट लागू गरिएको यो नयाँ नीति प्रयोगमा ल्याउन कठिन रहेको उनले औँल्याए । उनले भिसा नीतिका कारण हतास नभई कोरियन आप्रवासी तथा पुनर्मिलन कार्यक्रमले तोकेका शर्तहरु पूरा गर्न र आफ्नो आम्दानी बढाउन अतिरिक्त काम गर्न उच्च शिक्षा हासिलका लागि सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्