Logo
Logo

अमेरिका भ्रमण टोलीको संख्या घटाउँदै प्रधानमन्त्री


2.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणमा जाने टोलीको आकार घटाउन निर्देशन दिएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पप्रधानमन्त्री प्रचण्ड भदौ २९ गते अमेरिका जाँदैछन् । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइतबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठूलो भएको भन्दै प्रश्न उठेपछि यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले भ्रमण टोली सानो बनाउन मुख्य सचिवलाई निर्देशन दिएको हो । प्रधानमन्त्रीले त्यही छलफलमा टोली घटाउन प्रतिवद्धता जनाएसँगै मुख्य सचिवलाई निर्देशन दिएको बताइएको छ ।

यससँगै प्रधानमन्त्रीका सल्लाहकारहरु भ्रमणबाट रोकिएका छन् । यसअघि मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिवसमेत गरी २४ जना भ्रमण टोलीमा थिए । परराष्ट्रमन्त्री एनपी साउद भने आइतबार नै अमेरिका हिँडिसकेका छन् । बाँकी टोलीका सदस्य कटाएर सानो बनाउने गृहकार्य भइरहेको प्रधानमन्त्रीको सचिवायल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्