Logo
Logo

विराटनगरमा समाजवादी मोर्चाको सन्देशसभा, ब्यानरमा राखिएन प्रदेशको नाम (फोटोफिचर)


1.4k
Shares

विराटनगर । समाजवादी मोर्चाले आज कोसी प्रदेशको विराटनगरमा सन्देशसभा आयोजना गरेको छ । विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रमको ब्यानरमा भने प्रदेशको नाम उल्लेख छैन ।

प्रदेशस्तरीय सन्देश सभामा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सहभागी छन् ।

समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रमको ब्यानरमा समाजवादी मोर्चा प्रदेश समिति मात्र उल्लेख गरिएको छ ।

तत्कालीन प्रदेश नं १ प्रदेससभाबाट फागुन १७ गते प्रदेशको नाम पारित गराउँदा प्रधानमन्त्री प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्रले समेत पक्षमा मतदान गरेको थियो । तर, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पहिचानको मागसहित विपक्षमा थिए ।

मोर्चामा रहेका जसपा, एकीकृत समाजवादी, माओवादीका नेताहरुले ब्यानरमा कोसी लेख्ने वा नलेख्ने विषयमा मतान्तर भएपछि प्रदेश समिति मात्र लेखिएको आयोजकले जनाएका छन् । मोर्चाका प्रचार सामग्रीमा कोसी प्रदेश लेखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्