Logo
Logo

प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाबीच भेटवार्ता


4.7k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच छलफल भएको हो ।

भेटमा परराष्ट्रमन्त्री एनपी साउद पनि सहभागी थिए । उनीहरूबीच अमेरिका भ्रमण र चीन भ्रमणका एजेण्डाका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालले आइतबार पूर्वप्रधानमन्त्री, दलका नेता र परराष्ट्र विज्ञसँग एजेण्डाका विषयमा छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड आगामी भदौ ३० गते संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क जाँदैछन् । असोज ४ गते उनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000