Logo
Logo

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष पक्राउ


3.9k
Shares

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवनकुमार विकका अनुसार कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडौ‌ंबाट पक्राउ परेका हुन् ।

उनीसहित सात जना सहकारीका पदाधिकारीविरूद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबीं राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक हुन् ।

बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरूद्ध ९७१ जनाले जाहेरी दिएको डिएसपी श्रवणकुमार विकले बताए । उनीहरूले एक अर्ब आठ करोड बढी रकम हिनामिना गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्