Logo
Logo

सुवास नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय


504
Shares

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै सरकारले नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत गरेको छ । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङको आज बिहान हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो ।

नेम्वाङलाई राजकीय सम्मान दिने सरकारबाट निर्णय भएसँगै अब शव व्यवस्थापनदेखि अन्त्येष्टिसम्म नेपाली सेना संलग्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्