Logo
Logo

दार्चुलामा झण्डै ९ किलो चरेससहित दुई जना पक्राउ


अमर खत्री

693
Shares

दार्चुला । दार्चुलामा झण्डै ९ किलो लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । आज मंगलबार बिहान साढे आठ बजेतिर जिल्लाको शैल्यशिखर नगरपालिका-९ नायलबाट एक महिला र पुरुष चरेससहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका-४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षिय जयबहादुर धानुक रहेका छन् । भावनाले बोकेको कालो झोलाबाट ६ किलो ग्राम र जय बहादुरले बोकेको झोलाबाट २ किलो ८ सय ५० ग्राम लागूऔषध चरेससहित बरामद गरि नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिंह ऐरीको टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट झण्डै ९ किलोग्राम चरेस बरामद गरि पक्राउ गरिएको हो ।

दुवै जनालार्ई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए ।प्रहरीका अनुसार उनीहरुले सो चरेस बझाङबाट लिएर भारतको झुलाघाट लग्न लागेको खुल्नमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्