Logo
Logo

नेम्वाङको निधनले बिपी साहित्य महोत्सव स्थगित


630
Shares

काठमाडौं । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको छ ।

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण महोत्सवका कार्यक्रम स्थगित गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

पार्टीका सहमहामन्त्री एवं महोत्सव तयारी समितिका संयोजक बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै महोत्सवका कार्यक्रम स्थगित गरेको हो ।

बैठकले उनको आकस्मिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेको छ । बैठकले उहाँको परिवारजन, नेकपा एमाले पार्टी र शोकाकुल सबैमा गहिरो समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

संविधानसभाका अध्यक्षप्रति उच्च सम्मान प्रकट गर्दै आज भदौ २६ का लागि निर्धारित ‘बिपी साहित्य महोत्सव-२०८०’ को तेस्रो र अन्तिम दिनको सम्पूर्ण कार्यक्रम स्थगन गर्ने निर्णय गरेको संयोजक पाण्डेले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यसमितिको साउन २ देखि १० मा सम्पन्न बैठकले निर्णय गरेअनुरुप बिपी साहित्य महोत्सव आयोजना गरिएको हो । महोत्सवको अन्तिम दिनको कार्यक्रम अर्को सूचनापछि गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्