Logo
Logo

फ्रान्स र थाइल्याण्डका राजदूत अनुमोदन


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ३ माघ ।
संसदीय सुनुवाई समितिले दुईजना प्रस्तावित राजदूतको नाम सर्बसम्मत रुपमा अनुमोदन गरेको छ ।

फ्रान्सका लागि प्रस्तावित दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित गणेशप्रसाद ढकाललाई बिहीबार बसेको समितिको बैठकले अनुमोदन गरेको हो ।

गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो । तर, पाँचै जनाविरुद्ध एउटा पनि उजुरी परेको छैन । त्यसैले सीधै सुनुवाई गर्न पहिलो चरणमा अधिकारी र ढकाललाई बिहीबारको बैठकमा बोलाइएको थियो । अनुमोदन भएका दुवै जना परराष्ट्रका सहसचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्