Logo
Logo

अमेरिकी म्यागेजिन टाइमले भन्यो- बालेन ‘उदयीमान’ नेता


567
Shares

काठमाडौं । विश्व प्रसिद्ध अमेरिकी म्यागेजिन ‘टाइम १०० नेक्स्ट’को सूचीमा काठमाडौं महानगरका मेयर बालेन शाह पनि परेका छन् । उनी उदीयमान नेताको सूचीमा पर्न सफल भएका हुन् । टाइम म्यागेजिनले उदीयमान नेता, कलाकार, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रबाट उत्कृष्ट व्यक्तिहरू छान्ने गर्छ ।

म्यागेजिनले मेयर शाहका बारेमा भनेको छ, ‘३३ वर्षीय बालेनको साथमा इन्जिनियरिङको स्नातकोत्तर छ । उनले स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लडे । उनले टिकटक, ट्वीटर, इन्स्टाग्रामजस्ता प्लेटफर्मको प्रभावकारी ढंगले उपयोग गरे। यो प्रयासले ‘बालेन प्रभाव’लाई जन्मायो, जसको परिणामस्वरुप स्थानीय चुनावमा ३८५ स्वतन्त्र उम्मेदवार अनुभवी नेताहरूलाई भारी परे।’

प्रतिक्रिया दिनुहोस्