Logo
Logo

दार्चुलास्थित नेपाल-भारत जोड्ने निर्माणाधीन मोटरवेल पुलको काम बन्द


अमर खत्री

1.5k
Shares

दार्चुला । दार्चुलास्थित नेपाल–भारत जोड्ने निर्माणाधीन मोटरवेल पुलको काम बन्द गरिएको छ । दार्चुलाको महाकाली नगरपालिका-८ असिगडास्थित नेपाल–भारत जोड्ने निर्माणाधीन मोटरवेल पुलको नेपाल तर्फको काम बुधवार दिउँसोदेखि बन्द गरिएको हो ।

२० भाद्रमा व्याँस गाउँपालिका-१ तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) उद्घाटन गर्न जाने क्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र विद्यार्थी नेता दिपक खातिलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तिंकर जान रोक लगाएपछि मेयर नरसिंह चैसिरले मोटरेवल पुलको नेपाल तर्फको काम बन्द गराएका हुन् ।

२४ भाद्रमा जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ध्यानाकर्षण पत्र बुझाउदै तीन दिनभित्र तिंकर जान रोक्नुको कारणसहित जवाफ माग गरेका थिए । ध्यानाकर्षण पत्रको कुनैपनि जवाफ नआएपछि विरोध स्वरुप भारतबाट निर्माण कार्य हुँदै आएको मोटरेवल पुलको काम बन्द गरिएको मेयर चैसिरले बताए ।

सशस्त्र प्रहरीको निमन्त्रणामा अतिथि बनेर बिओपी उद्घाटन कार्यक्रममा जाँदै गरेका उनीहरुलाई धारचुलाबाट करिब १४ किलोमिटर अगाडीको दूरीमा रोकेको थियो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनीहरुलाई तपाईहरुको अगाडी बढ्ने परमिशन नभएको भन्दै भारतीय क्षेत्रको तिग्रम पुलघाट (रौती) मा रोकेको थियो।

धारचुलाबाट करिब ६० किलोमिटरको दूरीमा रहेको छ्यालेकलाई नोटिफाइड एरिया तोकी प्रशासनको लिखित अनुमतिबिना माथि उक्लन निषेध गरिएको भएपनि उनीहरुलाई करिब ४६ किलोमिटर अगाडि नै रोकेर फर्काएको थियो ।

प्रतिक्रिया दिनुहोस्