Logo
Logo

२० तस्बिरमा सुवास नेम्वाङको अन्तिम बिदाइ


5.7k
Shares

काठमाडौं । दिवङ्गत संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टिका गरिएको छ ।

उनका छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका थिए । सो अवसरमा नेपाली सेनाको एक टुकडीले तोपसहित सलामी अर्पण गरेको थियो ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका थिए ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत नेताहरु श्रद्धाञ्जलिका लागि आर्यघाट पुगेका थिए ।

नेम्वाङको निवास बालुवाटारमा मुन्धुम संस्कृतिअनुसारको कार्य गरेपछि नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै आज शवयात्रा सुरु गराएको हो ।

शीर्ष नेता, कार्यकर्ता, शेभेच्छुक र सर्वसाधारण सहभागी शवयात्रा बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्