Logo
Logo

काठमाडौं र ललितपुरका यी क्षेत्रमा आजदेखि ३ दिन विजुली नआउने


12.6k
Shares

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा आज शुक्रबारदेखि लगातार तीन दिन विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै स्युचाटार–टेकु सब–स्टेसनबाट तीन दिन ‘सटडाउन’ गर्न लागेकाले विभिन्न क्षेत्रमा विजुली अवरुद्ध हुने जानकारी दिएको हो ।

टेकु सब–स्टेशन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्ने काम भइरहेकाले शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिनसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ ।​

यस्तै ६६ केभी स्युचाटार–पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म बन्द गरिने छ । यता ६६ केभी स्युचाटार–के ३ लाइन पनि शनिबार दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म सटडाउन गर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्