Logo
Logo

सिटिजन्स बैंकद्वारा ५.७९ प्रतिशत लाभांश घोषणा



काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।

आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

जसअनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि ८२ करोड २१ लाख ६१ हजार ६५२ रुपैयाँ ९६ पैसा बराबरको नगद वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्