Logo
Logo

गाडीको ठक्करबाट अटोरिक्सामा सवार एक जनाको मृत्यु


1.1k
Shares

काठमाडौं । दाङको तुलसीपुरमा गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान नेपालगंजबाट रुकुम जाँदै गरेको फोर्स गाडीले तुलसीपुर– १६ डोक्रेनाबाट तुलसीपुर आउँदै गरेको अटोरिक्सालाई तुलसीपुर–६ स्थित स्टार चोकमा ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका १३ वर्षीय दामोदर भण्डारीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । दुर्घटनामा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

अटो चालक तुलसीपुर– ६ गोलौराका ५७ बर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर रहेको डिएसपी ठाकुर पोखरेलले जानकारी दिए । उनको टाउँको र अनुहारमा गहिरो चोट लागेको छ ।

उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको डिएसपी पोखरेलले बताए । अटोमा सवार अन्य घाइतेहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्