
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ८६ पैसा र बिक्री दर १४२ रुपैयाँ ५० पैसामा कारोबार गर्न सकिनेछ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५.६२ रुपैयाँ रहदाँ बिक्री दर ८६.१ रुपैयाँ पुगेको छ भने क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८७ पैसा तथा बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९० पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसामा खरिदबिक्री हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसा र दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर १० रूपैयाँ ७ पैसामा कारोबार हुनेछ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ र बिक्री दर ३५.६० रुपैयाँ कायम गरिदा मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँमा कारोबारको अनुमति दिएको छ ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.४१ पैसा विक्रीदर ४३२.३५ पैसा कायम भएको छ ।














