
काठमाडौं । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघ सरकारले बोलाएको वार्तामा नजाने भएको छ ।
बुधबारदेखि देशभरका विद्यालय ठप्प पार्ने गरी आन्दोलनको घोषणा गरेको महासंघलाई शिक्षा मन्त्रालयले आज दिउँसो ३ बजे वार्ताका लागि बोलाएको थियो । तर, मन्त्रालयले आन्दोलन स्थगित गरेर वार्तामा आउन गरेको आग्रह महासंघले अस्वीकार गरेको हो ।
महासंघले वार्ता नबसी झन् सशक्त आन्दोलनका कार्यक्रम गर्ने तयारी गरेको छ । महासंघले विभिन्न १८ वटा बुँदामा असहमति जनाउँदै आन्दोलन घोषणा गरेको हो ।
यसअघि पनि सरकारसँग पटकपटक वार्ता भएको तर विधेयक ल्याउँदा बेवास्ता गरिएकोले वार्ताको औचित्य नभएको महासंघले प्रतिक्रिया दिएको छ ।














